Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नेपालले पहिलो खेल भुटानविरुद्ध खेल्ने

नेपालले पहिलो खेल भुटानविरुद्ध खेल्ने


मध्यान्तर
  • सोमबार, असोज २४ २०७९

  • काठमाडौं । नेपाली युवा महिला टोलीले साफ यू–१५ महिला च्याम्पियनसिप २०२२ को सुरुवात भुटानविरुद्धको खेलबाट गर्ने भएको छ । साफले सोमबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर भुटानलाई प्रतिद्वन्द्वी पाएको हो ।

    बंगलादेशको ढाकामा नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपालले दोस्रो खेल आयोजक बंगलादेशविरुद्ध खेल्नेछ । तीन टिम सहभागी प्रतियोगिता डबल राउन्ड रोविन लिग प्रणालीमा खेलाइनेछ । लिग चरणको शीर्ष स्थानमा हुने टिमले उपाधि जित्नेछ ।

    प्रतियोगिताका नेपालका मुख्य प्रशिक्षक भगवती रानामगरले १० सेप्टेम्बरमा टिमलाई ४० खेलाडीबाट ३० मा झरेकी थिइन् । अहिले बन्द प्रशिक्षणमा ३० खेलाडी छन् ।

    मुख्य प्रशिक्षक भगवतीलाई सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीले सघाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार