Online Nepal मंगलबार, जेष्ठ १ २०८१

राष्ट्रपति अस्वस्थ भएपछि नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने

राष्ट्रपति अस्वस्थ भएपछि नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने


मध्यान्तर
  • बुधबार, असोज २६ २०७९

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएपछि शुक्रबार गण्डकी प्रदेशमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् ।

    मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को तर्फबाट उपाध्यक्ष शिव कोइरालासहितको टोलीले भेटेर दिएको निम्तो उपराष्ट्रपति पुनले स्वीकार गरेका छन् ।

    राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि प्रतियोगिताको उद्घाटन कसले गर्ने भन्नेमा अन्योल थियो । आयोजनास्थल गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुपर्ने माग पनि भएको थियो ।

    नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकीका ८ जिल्लामा हुँदैछ । अधिकांश खेलहरु पोखरामै हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने भएपछि उद्घाटनमा उनीभन्दा उपल्लो वरियताको व्यक्तित्व ल्याउने अभ्यासअनुसार उपराष्ट्रपतिलाई निम्त्याइएको राखेप उपाध्यक्ष कोइरालाले बताए ।नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । पुरुष क्रिकेट प्रतियोगिता भदौमै सम्पन्न भइसकेको छ भने असोज २३ गतेदेखि केही खेलहरु सुरु भइसकेका छन् ।

    नवौं खेलकुदमा ३९३ स्वर्ण, ३९३ रजत र ६०१ कांस्यका लागि सात प्रदेश, तीन विभागीय (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस०)तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमको सहभागिता रहनेछ ।

    प्रतिक्रिया
    थप समाचार