Online Nepal मंगलबार, जेष्ठ १ २०८१

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप हुँदै


मध्यान्तर
  • बुधबार, कार्तिक २ २०७९

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी हुँदैछ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो ।

    सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिन लागेको हो ।

    म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

    अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले जानकारी दिए । प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ ।

    एक नाबालिगले बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    प्रतिक्रिया
    थप समाचार