Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइँदै


मध्यान्तर
  • बुधबार, कार्तिक २ २०७९

  • काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ।

    लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका थिए।

    पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो भने दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

    असोज २७ गते ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

    असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी पेस गरेका थिए।

    प्रतिक्रिया
    थप समाचार