Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

जीआइइटी युनिभर्सिटीको दोस्र नेपाल एल्मुनाइ भेला सम्पन्न

जीआइइटी युनिभर्सिटीको दोस्र नेपाल एल्मुनाइ भेला सम्पन्न


मध्यान्तर
  • आइतबार, जेष्ठ १२ २०७६

  • काठमाडौं । भारतको उडिसास्थित गुनुपुरमा रहेको जीआइटी विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुको दोस्रो नेपाल एल्मुनाई भेला सम्पन्न भएको छ । भेलामा जीआइटीबाट अध्ययन गरेर फर्किएका पूर्व नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । सन् २००८ देखि उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनको लागि गइरहेका छन् भने फर्किएपछि विभिन्न क्षेत्रमा पेशा व्यवसाय र रोजगारी गरिरहेका छन् ।

    जीआइटीमा पढेका सिनियर र जुनियर विद्यार्थीहरुबिच सम्पर्क र सम्बन्ध विस्तार गर्न नेपाल एल्मुनाई स्थापना गरिएको विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध तथा एडमिसन अफिसर प्राध्यापक बि. पाण्डाले जानकारी दिए । प्रा.पाण्डाले भने– ‘अहिलेसम्म नेपालबाट झण्डै २ सय भन्दा बढी विद्यार्थी जीआइटीमा पढ्न गइसकेका छन् । अध्ययन पश्चात उनिहरु नेपालमा मात्रै छैनन्, पेशा र रोजगारीको लागि विभिन्न मुलुकमा पनि पुगेका छन् । यो हाम्रो लागि पनि उपलब्धिपूर्ण कुरा हो ।’

    शत्ताक्षी एजुकेनल फाउण्डेशनका अध्यक्ष उमेश ढुंगेलले आफुले परामर्श दिएर पढ्न गएका विद्यार्थीहरु फर्किएर आएपश्चात विभिन्न पेशा व्यवसाय र रोजगारीमा स्थापित भएको देख्दा साह्रै खुसी लागेको बताए । उनले सहि परामर्श र विद्यार्थी एवं अभिभावकले विश्वास गरेका कारण उक्त विश्वविद्यालयमा थुप्रै विद्यार्थी अध्ययनको लागि गइसकेको बताए । फाउण्डेशनले दशकभन्दा बढी समयदेखि विश्वविद्यालयबाट प्रदान गरिने शिक्षाको बारेमा नेपाली विद्यार्थीलाई परामर्श दिंदै आएको छ ।

    भेलामा सहभागि पूर्व विद्यार्थीहरुले एकआपसमा अनुभव, भोगाई र विश्वविद्यालयको बारेमा आ–आफ्नो भनाई राखेका थिए । उनिहरुले विश्वविद्यालयलाई ‘बेष्ट प्लेस टु लर्न ज्वयफुल’को रुपमा लिएको बताए । पूर्व विद्यार्थीहरुले पढाइ सकेर फर्किएपछि नेपालमा ख्यातिप्राप्त व्यवसायीक घराना महिन्द्र एण्ड महिन्द्र, हंसराज एण्ड हुलासचन्द, सिप्रदी, फोर्स मोटरलगायतका कम्पनीहरुमा जिम्मेवारी पदमा रहेर काम गरिरहेको भेलामा जानकारी दिए ।

    भेलामा सहभागि भएर आफ्नो धारणा राख्ने सबैले आफ्नो करिअर निर्माणको लागि सहि शैक्षिक परामर्श र एक्सिलेन्ट सपोर्ट सर्भिस दिएको शत्ताक्षी एजुकेशनल फाउण्डेशन र जीआइइटी विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार