Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सन्दीपविरुद्ध आज अभियोजनपत्र दायर गरिने

सन्दीपविरुद्ध आज अभियोजनपत्र दायर गरिने


मध्यान्तर
  • सोमबार, कार्तिक १४ २०७९

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै जिल्ल अदालतम काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ। बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज दर्ता हुने भएको हो।
    यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ। तर तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले आजै अभियोग पत्र दर्ताको तयारी गरेको सरकारी वकिलको कार्यलयले जनाएको छ।

    प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएपछि उनलाई हिरासतमा राख्ने समय थपिएको थियो। पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

    सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

    प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ।

    अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

    प्रतिक्रिया
    थप समाचार