Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा


मध्यान्तर
  • बुधबार, कार्तिक १६ २०७९

  • काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट आज दुई कानुन व्यवसायीहरूले बहस गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गरेर बहस गरेका हुन् ।

    सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर लिएका छन् ।अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष स्थापित हुन्छ ।

    सरकारी वकीलले जबरजस्तीकरणीको बारदात स्थापित गर्ने कुनै प्रमाण पेस गर्न सक्नुभएको छैन । त्यसैले सन्दीपजीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने माग गरेका छौँ सापकोटाले भने ।सन्दीपका पक्षबाट अन्य तीन जना कानुन व्यवसायीहरूले बिहीबार बहस गर्नेछन् ।

    सन्दीपविरुद्धको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार