Online Nepal शनिबार, बैशाख १५ २०८१

भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आयो


मध्यान्तर
  • बिहिबार, कार्तिक १७ २०७९

  • काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

    इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धनमा ४.७७ रुपैयाँ प्रति लिटरले बढेर आएको छ । एलपी ग्याँसको मूल्य भने केही घटेर आएको छ ।

    तर, पनि निगमलाई हाल डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ घाटा भइरहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी एलपी ग्याँसमा प्रतिसिलिन्डर २२.८४ रुपैयाँ घाटा भइरहेको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ । निगमले बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार