Online Nepal मंगलबार, जेष्ठ १ २०८१

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो


मध्यान्तर
  • शुक्रबार, कार्तिक १८ २०७९

  • काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । केहीबेरअघि बहस सकिएसँगै अहिले न्यायाधीशले थुनछेक आदेशको तयारी गरेका छन् ।

    बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।

    सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । मंगलबार भने सन्दीपको बयान गराइएको थियो ।

    अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    थप समाचार