Online Nepal बुधबार, जेष्ठ २ २०८१

स्कोप स्टुडेण्टले ‘वान टु वान’ एजुकेशन काउन्सेलिङ कार्यक्रम संचालन गर्दै

स्कोप स्टुडेण्टले ‘वान टु वान’ एजुकेशन काउन्सेलिङ कार्यक्रम संचालन गर्दै


मध्यान्तर
  • बिहिबार, जेष्ठ १६ २०७६

  • काठमाडौं । बानेश्वरस्थित स्कोप स्टुडेण्ट सर्भिसेजले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘वान टु वान’ एजुकेशन काउन्सेलिङ कार्यक्रम संचालन गर्ने भएको छ । स्कोपले यहि मे ३१ अर्थात जेठ १७ गते अस्ट्रेलियाको सरकारी कलेज चिसोम्स इन्ष्टिच्युटमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई एक दिने ‘वान टु वान’ एजुकेशन काउन्सेलिङ कार्यक्रम संचालन गर्न लागेको हो ।

    एक दशक भन्दाबढी समयदेखि स्कोप स्टुडेण्ट सर्भिसेजले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई गुणस्तरिय एवं जीवनपयोगी परामर्श दिंदै आएको छ । यो शैक्षिक परामर्श कार्यक्रम विषेशतः कक्षा १२ को परिक्षा दिएर बसेका र अध्ययनको लागि अष्ट्रेलिया जाने योजना बनाएका विद्यार्थीहरुलाई अत्यन्तै प्रभावकारी हुने स्कोपका प्रबन्ध निर्देशक बिक्रम केसीले जानकारी दिए । उनले भने– ‘एउटा सरकारी इन्ष्टिच्युटबाट विद्यार्थीले कसरी र कस्तो प्रकारको शिक्षा प्राप्त गर्न सक्छन् भन्ने आवश्यक जानकारी दिनु नै वान टु वान काउन्सेलिङको मुख्य उदेश्य हो ।’ काउन्सेलिङ कार्यक्रममा विद्यार्थीलाई चिसोम्स इन्ष्टिच्युट र यसले प्रदान गर्ने शैक्षिक प्रणालीका बारेमा विषेश जानकारी दिन चिसोम्सका प्रतिनिधि एलन म्यागुइर र प्रशान्त प्रशन्नको पनि उपस्थिति रहने छ । विद्यार्थीले उनिहरुसँग प्रत्यक्ष संवाद र परामर्श लिन सक्नेछन् ।

    सरकारी स्वामित्व रहेको चिसोम्स इन्ष्टिच्युटले नेपाली विद्यार्थीलाई अन्यको शैक्षिक संस्थाको तुलनामा अत्यन्तै न्युनतम शुल्कमा वल्र्ड क्लास शिक्षा प्रदान गर्दै आइरहेको छ । नेपालमा चिसोम्स इन्ष्टिच्युटको लागि स्कोप स्टुडेण्ट सर्भिसेज आधिकारीक प्रतिनिधि मात्रै नभएर ‘टायर वान’ एजेन्टको रुपमा पनि स्थापित शैक्षिक परामर्शदातृ संस्था हो । हाल स्कोपको परामर्शमा थुप्रै विद्यार्थीहरु चिसोम्समा अध्ययन गरिरहेका छन् । उनिहरुबाट एकदमै राम्रो प्रतिक्रिया आएको केसीले बताए । उनका अनुसार नेपाली विद्यार्थीले उत्कृष्ट नतिजासहित कलेज टप गरी पुरस्कृत भएका छन् ।

    न्युनतम शुल्क, गुणस्तरिय शिक्षा र क्षमता अनुसार प्राप्त हुने छात्रबृद्धिका कारण चिसोम्सप्रति विद्यार्थीको अकर्षण बढ्दो छ । भौतिक संरचना र गुणस्तरिय शिक्षाको पर्याय मानिने चिसोम्समा विद्यार्थीको रुचि र क्षमता अनुसारका सबैखाले कोर्षहरु उपलब्ध रहेका छन् । मल्टि सेक्टर इन्ष्टिच्युको रुपमा स्थापित चिसोम्सले भेट कोर्ष तथा ब्याचलरमा आइटी, एकाउन्टिङ, मेन्टल हेल्थ, इन्जिनियरिङ, टेक्नोलोजीलगायका थुप्रै कोर्षमा अध्ययन गराउँदै आएको छ ।

    काउन्सेलिङ कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित स्कोप स्टुडेण्ट सर्भिसेजको आफ्नै हलमा १२ देखि २ बजेसम्म सञ्चालन हुनेछ भने कार्यक्रममा सहभागि हुन चाहने सवैलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार