Online Nepal मंगलबार, जेष्ठ १ २०८१

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त


मध्यान्तर
  • शनिबार, कार्तिक २६ २०७९

  • काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार  रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

    रोहितले नेपालको यू-१९ उमेर समूहको कप्तानी गरेका थिए ।

    क्रिकेट संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन् ।

    ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की। कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार