Online Nepal बुधबार, जेष्ठ २ २०८१

अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन मलेसियाली सरकारलाई दबाब

अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन मलेसियाली सरकारलाई दबाब


मध्यान्तर
  • बिहिबार, जेष्ठ १६ २०७६

  • काठमाडौं । मलेसियामा सञ्चालित ग्र्याव (अनलाइन ट्याक्सी)का एक चालकको हत्या भएको घटनालाई लिएर स्थानीयहरुले अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन मलेसियाली सरकारलाई चर्को दबाब दिएका छन् । अवैध आप्रवासी कामदारका कारण हत्या, हिंसा तथा लुटपाटका घटना बढेको भन्दै उनीहरुले मलेसियामा रहेको अवैध कामदारलाई पक्राउ गरी स्वदेश फर्काउन सामाजिक सञ्जालमा चर्को दबाब दिएका हुन् ।

    ट्याक्सी चालकको हत्या अवैध आप्रवासी कामदारले नै गरेको मलेसियाली स्थानियसञ्चार माध्यमले खवर सार्वजनिक गरेपछि मलेसिया सरकारले अवैध आप्रवासी कामदारमाथि छानविन थालेको छ भने अवैध कामदार भेटिए तत्काल पक्राउ गरी स्वदेश फर्काउन समेत अध्यागमनलाई निर्देशन दिएको छ । ट्याक्सी चालक २७ बर्षिय मोहम्मद हनाफी जफारलाई ८० रिंगिट लुट्न हत्या गरिएको सञ्चारमध्यामले जनाएका छन् । मलेसियाका विभिन्न संघसंस्थाहरुले पनि अवैधानिक कामदार नियन्त्रण गर्न माग गरेको समाचारमा उल्लेख छ ।

    ट्याक्सी चालक हनाफीको हत्या आरोपमा दुई जना विदेशी कामदारलाई मलेसियाली प्रहरीले प्रक्राउ गरेको जनाइएको छ । उनीहरु लामो समयदेखि मलेसियामा अवैधरुमा बसिरहेको बताइए पनि कुन देशका हुन् खुलाइएको छैन । मलेसिया सरकारले अवैध कामदार नियन्त्रण गर्न रोजगारदाता कम्पनीमाथि कडा निगरानी राख्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार