Online Nepal बुधबार, जेष्ठ २ २०८१

अमेरिकामा बन्दुकधारीको आक्रमण, ११ मृत्यु ६ घाइत

अमेरिकामा बन्दुकधारीको आक्रमण, ११ मृत्यु ६ घाइत


मध्यान्तर
  • शनिबार, जेष्ठ १८ २०७६

  • काठमाडौं । अमेरिकी राज्य भर्जिनियाको एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु  ६ जना घाइते भएका छन् ।

    सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले गोली चलाएको भर्जिनिया प्रहरीले जनाएको छ । आक्रमणकारीको परिचय खुलाइएको छैन, प्रहरीको जवाफी कारवाहीको आक्रमणकारीको पनि ज्यान गएको छ । घाइते ६ जनामा प्रहरी अधिकारी पनि छन् । गोली चलेको थाहा पाएर प्रहरी त्यहाँ पुगेको थियो आक्रमणकारीले प्रहरी माथि पनि गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको प्रहरीको भनाइ छ ।

    अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

    प्रतिक्रिया
    थप समाचार