Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बिदा भए एक लाख १५ हजार म्यादी प्रहरी 

बिदा भए एक लाख १५ हजार म्यादी प्रहरी 


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी  बिहीबार बिदाइ गरिएको छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

    म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार