Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

शिक्षामन्त्री गिरिराजमणि भन्छन्– शिक्षामा लैङगिक समानता छ

शिक्षामन्त्री गिरिराजमणि भन्छन्– शिक्षामा लैङगिक समानता छ


मध्यान्तर
  • आइतबार, जेष्ठ १९ २०७६

  • काठमाडौं । ‘सबैका लागि शिक्षा’को विश्वभरको साझा प्रयासलाई थप सुद्दढ बनाउने उद्देश्यले चारदिने परामर्श काठमाडौंमा बैठक सुरु भएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यस बैठकको उद्घाटन गर्दै यस प्रकारको कार्यक्रमबाट नेपालको शिक्षामा बाह्य सहयोग जुटाउन मद्दत पुग्ने बताएका छन् । उक्त बैठक ग्लोबल पार्टनरसिप फर एजुकेसनले आयोजना गरेको थियो । मन्त्री पोखरेलले एजुकेसनद्वारा नेपालको गुणस्तरीय शिक्षाको विकासको निम्ति विगतदेखि पु¥याउँदै आइरहेको सहयोगको सराहना गर्दै शिक्षाको विश्वव्यापी अभ्यासलाई नेपालमा पनि ल्याउन सहयोग भइरहेको बताए । उनले संविधानमा उल्लेखित शिक्षा प्राप्तिको अधिकारलाई सुनिश्चित गर्न र शिक्षाका नवीनतम प्रविधिलाई प्रयोगमा ल्याउन यस प्रकारको कार्यक्रमले ठूलो सहयोग गर्ने बताएका छन् ।

    बैठकमा विश्वका विभिन्न ५५ देशबाट सहभागिता छ । बैठकमा बोल्दै पोखरेलले नेपालले सन् १९९० देखि नै शिक्षाको पहुँच अभिवृद्धिमा जोड दिँदै सबैका लागि शिक्षा अभियानमार्फत हालसम्म ९८ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको र सबै तहको शिक्षामा लैङगिक समानता कायम रहेको बताएका छन् । हालसम्म विश्वका ७० भन्दा बढी देशले यस संस्थाको सदस्य राष्ट्रको रूपमा सहयोग गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार