Online Nepal शुक्रबार, बैशाख १४ २०८१

इनास अमेरिकाले गर्यो सम्मान

इनास अमेरिकाले गर्यो सम्मान


राजन घिमिरे
  • बुधबार, मंसिर १४ २०७९

  • काठमाडौं । इनास अमेरिकाले एक बिशेष कार्यक्रमको आयोजना गरेर बिभिन्न क्षेत्र र बिधामा बिशिष्ट योगदान दिनु हुने ब्यक्तित्वहरूलाई सम्मान गरेको छ ।इनासल् अमेरिकामा रहेर नेपाली भाषा, कला, संस्कृति र समाज सेवाका माध्यमबाट आ-आफ्नो क्षेत्रबाट प्रशंसनीय योगदान दिने महानुभाव, प्रतिभावान  व्यक्तित्वहरु एबं अभियन्ताहरु मध्येबाट छनौट गरेर सम्मान गरेको हो ।

    यसरी अमेरिकामा रहेर बिभिन्न क्षेत्र र बिधामा लागि परेर बिशेष योगदान दिनु हुने ब्यक्तित्वहरूको सम्मान कार्यक्रम समारोहको प्रमुख अतिथिमा इनास अन्तर्राष्ट्रिय ग्लोबलकी उपाध्यक्ष सावु गदाल कार्की थिईंन । कार्यक्रममा प्रवासमा नेपाली समुदायका साथै कला र संस्कृतिको विकास गर्ने इनासको मुख्य उद्देश्य रहेको र त्यस अनुरुप अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले सम्मान कार्यक्रमको आयोजना गरेको जानकारी दिइयो ।

    इनास अमेरिकाबाट सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्त, समाजसेवी डा. श्याम कार्की, डा. बिष्णुमाया परियार,खेलाडी बिना खड्का लामाको साथा पत्रकार विश्व र बिजय थापा थिए।

    कार्यक्रमकी प्रमुख अतिथि इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले समारोहमा सम्मानित हुनुहुने ब्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरेकी थिईंन । कार्यक्रमको विषेश अतिथिमा गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, बानाका अध्यक्ष सुवोध विलास पन्थ, इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार, इनास केन्टकी इनासका अध्यक्ष अर्जुन थापा नेपाली, अमेरिकन सामुदायिक केन्द्रका व्यक्तित्व,सामाजिक अभियन्ता एवं बौद्धिक व्यक्तित्व चन्द्र लामा लगायतले सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाएका थिए । कार्यक्रममा यस प्रकारको सम्मान र पुरस्कारबाट सम्मानितहरूलाई आफ्नो क्षेत्रमा लाग्न झनै उर्जा मिल्ने कुरा बताऊँदै प्रमुख अतिथि कार्कीले समुदायको एकता र कार्यक्रममा नयाँ पुस्तालाई प्रोत्साहन समेत मिलेको कुरा स्पष्ट पारिन ।कार्यक्रममा अमेरिकी टेलिभिजनको विश्व चर्चित सो ‘द भ्वाइस’ मा टप टेनमा प्रतिस्पर्धा गरिरहेकी परिजिता बास्तोला, भ्वाइस अफ नेपालमा सहभागि केन्टकीका प्रनिम राई, बाल कलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।             
    चर्चित कलाकारहरुको बाक्लो जमघट रहेको कार्यक्रम शुरु देखि नै रोचक बनेको थियो। निर्धारित समयमा नै शुरु भएको कार्यक्रममा पञ्चेबाजाबाट सहभागिको स्वागत गरिएको थियो। इनास अमेरिकाका राष्ट्रिय अध्यक्ष कन्हैया सिंह परियारको स्वागत भाषण सहित प्रमुख अतिथि इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले पानसमा दीप प्रज्वलन गरेपछी राष्ट्रीय गानबाट शुरु भएको कार्यक्रममा पहिलो सत्रमा सम्मान गरिएको थियो भने दोस्रो सत्रमा साँस्कृतिक कार्यक्रम रहेको थियो ।  कार्यक्रममा नृत्य निर्देशक शंकर बिसी नेतृत्वको टोलीले प्रस्तुत गरेको प्रस्तुति रोचक, भावुक र सन्देशमुलर थियो। यसै गरी कार्यक्रनमा अमृत रामदान र गायक यम बराल लगायत अन्य कलाकारले पनि प्रस्तुति दिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार