Online Nepal बुधबार, जेष्ठ २ २०८१

भारतीय वायुसेनाका विमान चीनको सिमा नजिकैबाट बेपत्ता

भारतीय वायुसेनाका विमान चीनको सिमा नजिकैबाट बेपत्ता


मध्यान्तर
  • सोमबार, जेष्ठ २० २०७६

  • काठमाडौं । भारतीय वायुसेनाको एक विमान उडान भरेको केही समयपछि वेपत्ता भएको छ ।

    आसामको जोरहाट एयरबेसबाट सोमबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको एएन–३२ विमान अरुणाञ्चल प्रदेशको मेचुका एयर फिल्ड माथिबाट सम्पर्क विहीन भएको सैनिक अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उडान भरेको करिब ३५ मिनेटपछि वेपत्ता भएको उक्त विमान आसामको जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको थियो । उक्त क्षेत्र चीनसँगको सीमाना नजिक रहेको छ । दिउँसो करिब एक बजेको समयमा उक्त विमान अन्तिम पटक सम्पर्कमा आएको र त्यसपछि सम्पर्क विहीन भएको बताइएको छ ।

    विमानमा चालक दलका आठसहित १३ जना सवार रहेको भारतीय सेनाले जनाएको छ । हराइ रहेको विमानको खोजीका लागि भारतीय सेनाको सुखोई–३० र सी–१३० विमान परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार