Online Nepal बुधबार, जेष्ठ २ २०८१

कतार विश्वकप फुटबलमा ब्राजिल क्वाटरफाइनलमा

कतार विश्वकप फुटबलमा ब्राजिल क्वाटरफाइनलमा


मध्यान्तर
  • मंगलबार, मंसिर २० २०७९

  • काठमाडौं । कतार विश्वकप फुटबलमा ब्राजिल क्वाटरफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।

    स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए ।

    ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

    खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–० गोलको अग्रता दिलाए ।

    यता दक्षिण कोरिकाका लागि खेलको ७६औं मिनेटमा पिक सेउङले गोल गरेपनि ब्राजिलले ४–१ गोलको जित निकाल्न सफल भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार