Online Nepal बुधबार, जेष्ठ २ २०८१

विकासको लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति भण्डारी

विकासको लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति भण्डारी


मध्यान्तर
  • बुधबार, जेष्ठ २२ २०७६

  • Bidya Devi Bhandari, President of Nepal being received by President Pranab Mukherjee and Prime Minister Narendra Modi for a ceremonial reception at Rashtrapati Bhavan in New Delhi on Tuesday. Express Photo by Renuka Puri. 18.04.2017. *** Local Caption *** Bidya Devi Bhandari, President of Nepal being received by President Pranab Mukherjee and Prime Minister Narendra Modi for a ceremonial reception at Rashtrapati Bhavan in New Delhi on Tuesday. Express Photo by Renuka Puri. 18.04.2017.

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छिन् ।

    बाँके वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उनले भनिन, ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।’ राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

    सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् । उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् ।

    राष्ट्रपति भण्डारीले आजै नेपालगञ्जमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    थप समाचार