Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपाल र स्कटल्याण्ड खेल्दै

नेपाल र स्कटल्याण्ड खेल्दै


मध्यान्तर
  • बिहिबार, मंसिर २२ २०७९

  • काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ।

    यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल,नामिविया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार