Online Nepal बुधबार, जेष्ठ २ २०८१

सन्दर्भ बातावरण दिवसः युरो स्कूलका विद्यार्थीद्वारा बृक्षारोपण

सन्दर्भ बातावरण दिवसः युरो स्कूलका विद्यार्थीद्वारा बृक्षारोपण


मध्यान्तर
  • बुधबार, जेष्ठ २२ २०७६

  • काठमाडौं । विश्व बातावरण दिवसको अवसरमा युरो स्कूल गोगंवुका विद्यार्थीहरुले जालपा हाइटमा बृक्षारोपण गरेका छन् । स्कुलले पर्यावरण र बाताबरणिय जानकारीको लागि विद्यार्थीलाई प्रत्यक्षरुपमा बृक्षारोपण कार्यक्रममा सरिक गराएको हो ।

    बातावरण संरक्षणको लागि ‘एक विद्यार्थी, एक विरुवा’ अभियान अन्तर्गत विद्यार्थीहरु बृक्षारोपण कार्यक्रममा सहभागि भएको स्कुलका अध्यक्ष प्रमोद पाण्डेले बताए । उनले भने– ‘विद्यार्थीहरुलाई सानै उमेरदेखि पर्यावरणले हाम्रो जिवनमा पार्ने प्रभावबारे जागृत गराउन बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । स्कुलले ‘स्वच्छ वायु, स्वस्थ जिवन’ भन्ने नाराकासाथ प्रधानाध्यापक, शिक्षकशिक्षिका, विद्यार्थी एवं अभिभावकसहित विश्व बातावरण दिवस मनाएको पाण्डेले बताए ।

    स्कुलले बातावरण संरक्षणको लागि विद्यार्थीलाई जागरुक बनाउन र सामाजिक चेतना फैलाउने उदेश्यले प्रत्येक बर्ष विश्व बातावरण दिवस मनाउँदै आएको जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार