Online Nepal बुधबार, जेष्ठ २ २०८१

पोर्चुगललाई हराउँदै मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा

पोर्चुगललाई हराउँदै मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा


मध्यान्तर
  • आइतबार, मंसिर २५ २०७९

  • DOHA, QATAR - DECEMBER 10: Youssef En-Nesyri of Morocco celebrates after scoring the team's first goal during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Justin Setterfield/Getty Images)

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको शनिबार रातिको खेलमा मोरोक्कोसँग १–० गोल अन्तरको हार व्यहोर्दै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल बाहिरिएको छ ।

    तेस्रो क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध १–० जित निकालेसँगै मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । कतारस्थित अल थुमामा रंगशालामा सम्पन्न खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको मोरोक्कोलाई ऎतिहासिक जित दिलाउन युसेफ एन नेस्रीले निर्णायक गोल गरे

    खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । र, यही गोल निर्णायक बनेपछि मोरोक्को अफ्रिकाबाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो ।

    खेलको इन्जुरी टाइममा वालिद चेदिराले बर्नार्डो सिल्भामाथि फाउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि मोरोक्को १० खेलाडीमा समेटिएको थियो । चेदिराले इन्जुरी टाइममा नै पहेँलो कार्ड पाएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार