Online Nepal बुधबार, जेष्ठ २ २०८१

पोर्चुगलका प्रशिक्षक बर्खास्त

पोर्चुगलका प्रशिक्षक बर्खास्त


मध्यान्तर
  • शुक्रबार, पुष १ २०७९

  • काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगल प्रशिक्षकलाई फुटबल महासंघले बर्खास्त गरेको हो ।

    कतार फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल घर फर्किएको थियो । विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।

    सान्तोसले पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका थिए । पोर्चुगल फुटबल महासंघ उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सम्झौता गरेका थिए । तर उक्त सम्झौता अगाबै उनि बर्खास्तमा परेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार