Online Nepal आइतबार, बैशाख ३० २०८१

विश्वकप फुटबल: आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

विश्वकप फुटबल: आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै


मध्यान्तर
  • शनिबार, पुष २ २०७९

  • DOHA, QATAR - DECEMBER 10: Youssef En-Nesyri of Morocco celebrates after scoring the team's first goal during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Justin Setterfield/Getty Images)

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा शनिबार प्रतियोगिताको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकपमा सेमिफाइनलमा पराजित दुई टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो।

    काठमाडौँ । कतारस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ मा सुरु हुनेछ।मोरक्को र क्रोएसिया दुवै प्रतियोगितामा तेस्रो स्थानमा रहँदै कतार विश्वकपको अन्त गर्ने प्रयासमा हुनेछन्।

    अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो।

    त्यस्तै, युरोपियन तथा साविक उपविजेता क्रोएसिया भने अर्जेन्टिसँग ३-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।

    मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

    प्रतिक्रिया
    थप समाचार