Online Nepal शुक्रबार, बैशाख १४ २०८१

ट्विटरको सीईओबाट एलन मस्क अलग

ट्विटरको सीईओबाट एलन मस्क अलग


मध्यान्तर
  • बुधबार, पुष ६ २०७९

  • काठमाडौं । ट्विटरको सीईओबाट एलन मस्कले छाड्ने घोषणा गरेका छन् ।

    उनले यसअघि सीईओको भूमिकामा रहँदा वा अलग हुँदा कुन ठिक होला भनेर भोटिङ पोल राखेका थिए ।
    उनले त्यससँगै नतिजा पालना गर्ने प्रतिवद्धता पनि जनाएका थिए । बहुमत प्रयोगकर्ताले उनलाई सीईओ छाड्न भनेका थिए ।

    त्यसपछि मस्कले बुधबार बिहानै गरेको घोषणामा भनेका छन्, “म सीईओ पदबाट छिटो राजीनामा दिनेछु । मैले केवल सफ्टवेयर सर्भर टिम चलाउनेछु ।”

    न्उनले गरेको भोटिङ पोलमा एक करोड ७५ लाख प्रयोगकर्ताले भोट गरेका थिए । त्यसमध्ये ५७.५ प्रतिशतले सीईओ छाड्न सुझाव दिएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार