Online Nepal मंगलबार, जेष्ठ १ २०८१

ओमानबाट दुबई गइरहेका बस दुर्घटना, १२ भारतीयसहित १७ जनाको मुत्यु

ओमानबाट दुबई गइरहेका बस दुर्घटना, १२ भारतीयसहित १७ जनाको मुत्यु


मध्यान्तर
  • शनिबार, जेष्ठ २५ २०७६

  • काठमाडौं । ओमानबाट दुबई गइरहेको एउटा बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको ज्यान गएको छ । भारती विदेश मन्त्री एस जयशंकरले यसको पुष्टि गरेका छन् ।

    दुबईस्थित भारतीय दूतावासका अनुसार दुर्घटनामा मारिएका मानिसको परिवारसँग सम्पर्क गरिएको छ । अन्य मृतकको पहिचान गरेर उनीहरूका परिवारमा चाँडै जानकारी दिन लागिएको छ । दुबई पुलिसका अनुसार दुर्घटना बिहीबार साँझ स्थानीय समयानुसार करिब ६ बजे भएको हो । बस दुबईका शेख मोहम्मद बिन जाएद सडकमा नियन्त्रण गुमाएर साइनबोर्डमा ठोक्किन पुगेको थियो । बस चलाउने कम्पनी म्वासालतलले मस्कट दुबई मार्गमा सेवा बन्द गरेको छ ।

    भारतीय दूतावासको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ज्यान गुमाउनेका परिवार अस्पताल पुगेका जनाइएको छ । मृतकको पहिचानका लागि पुलिस जुटेको छ ।

    प्रतिक्रिया
    थप समाचार