Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपाल टी-२० लिग एक दिन सर्‍यो, शनिबारदेखि सुरू हुने

नेपाल टी-२० लिग एक दिन सर्‍यो, शनिबारदेखि सुरू हुने


मध्यान्तर
  • बिहिबार, पुष ७ २०७९

  • काठमाडौं । नेपाल टी-२० लिग क्रिकेट एक दिन सरेको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले प्रतियोगिता शनिबारदेखि सुरू हु्ने जनाएको छ ।

    यसअघि शुक्रबारदेखि सुरु हुने तय थियो । तर, प्राविधिक तयारी पूरा नभएको भन्दै एक दिन धकेलिएको क्यानले जनाएको छ । विदेशी खेलाडीको श्रम स्विकृति प्रक्रियालगायत कामहरू पूरा हुन बाँकी रहेको बताइएको छ ।

    करिब तीन सातासम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार