Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

चारवटा विषयको पढाई नभएपछि विद्यालयमा तालाबन्दी

चारवटा विषयको पढाई नभएपछि विद्यालयमा तालाबन्दी


मध्यान्तर
  • शनिबार, जेष्ठ ३२ २०७६

  • काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महिनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।

    खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिए । छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक, गणित, विज्ञान, विषयको पठनपाठन नभएको जानकारी दिए ।

    उता विद्यालयका प्रअ भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएता पनि काजमा गएका कारणले र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको प्रधानाध्यापक वीर्खबहादुर छत्यालले बताए ।

    प्रतिक्रिया
    थप समाचार