Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा २८.४४ प्रतिशतले वृद्धि

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा २८.४४ प्रतिशतले वृद्धि


मध्यान्तर
  • बिहिबार, माघ १२ २०७९

  • काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर भएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.४४ प्रतिशतले धेरै हो ।गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    यस अवधिमा बैंकले ३ खर्ब ५५ अर्ब २२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

    यस्तै बैंकको सञ्चालन मुनाफा पनि २३.८९ प्रतिशतले बढेर २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको थियो । चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा २३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १६.०८ गुणा रहेको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार