Online Nepal शनिबार, बैशाख २२ २०८१

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफको निधन


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। उनको ७९ वर्ष उमेरका आइतबार निधन भएको बीबीसीले जनाएको छ।

    एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि दुबईमा उपचाररत थिए।

    पाकिस्तानका पूर्वसैनिक शासक मुसर्रफको जन्म सन् १९४३ अगस्ट ११ मा दिल्लीमा भएको थियो।

    मुसर्रफले सन् १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका थिए।

    मुसर्रफमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरूको हत्याको अभियोग पाकिस्तानी अदालतमा विचाराधीन रहेको छ। मुसर्रफ सन् २०१६ देखि दुबईमा रहेका थिए।

    प्रतिक्रिया
    थप समाचार