Online Nepal सोमबार, जेष्ठ ७ २०८१

स्कटल्यान्डमाथि नेपालको जित

स्कटल्यान्डमाथि नेपालको जित


मध्यान्तर
  • शुक्रबार, फाल्गुन ५ २०७९

  • काठमाडौं । दीपेन्द्र र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई र विरुद्धको खेलमा जित हाशिल गरेको छ ।

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ गर्दा नेपालले स्कटल्याण्डलाई हराएको छ ।

    दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाएका थिए । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेका थिए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार