Online Nepal सोमबार, बैशाख ३१ २०८१

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य


मध्यान्तर
  • मंगलबार, फाल्गुन ९ २०७९

  • काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ४६।१ ओभरमा ९ विकेट गुमाएर २१२ रन बनायो ।

    स्कटल्याण्डका लागि जर्ज मुन्शेले ६०, म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२र२२ रन बनाए । स्कटल्यान्डका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए ।

    नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    प्रतिक्रिया
    थप समाचार