Online Nepal आइतबार, बैशाख ३० २०८१

पूर्वकप्तान लामिछानेलाई यूएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले पहल थाल्यो

पूर्वकप्तान लामिछानेलाई यूएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले पहल थाल्यो


मध्यान्तर
  • बुधबार, फाल्गुन १० २०७९

  • काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले यूएईमा हुने एक दिवसीय श्रृंखलामा पूर्वकप्तान सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ ।

    घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई यूएईमा हुने श्रृंखलामा पनि सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको हो ।

    बलात्कारको अभियोग लागेका उनलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तका कारण उनी देश बाहिर जान पाउने छैनन् । तर, कानूनी बाधा हटाएर उनलाई यूएईमा लैजान क्यानले पहल थालेको हो ।

    क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार