Online Nepal मंगलबार, जेष्ठ १ २०८१

भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणको दोस्रो निम्ता

भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणको दोस्रो निम्ता


मध्यान्तर
  • आइतबार, असार ८ २०७६

  • काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः निमन्त्रणा पठाएका छन् ।

    जयशंकर विदेशमन्त्री भएलगत्तै बधाई सन्देशसहित नेपाल भ्रमणको निम्तो पठाएका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत विदेश मन्त्रीस्तरीय बैठकका लागि पुनः निमन्त्रणा पठाएका हुन्। परराष्ट्रस्रोतका अनुसार गत फागुनमै बस्नुपर्ने विदेश मन्त्रीस्तरीय संयुक्त बैठक भारतमा चुनावका कारण स्थगित भएको थियो।

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले असार ३ गते विदेश मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर जयशंकरको नेपाल भ्रमणको समय तय गर्न आग्रह गरेका थिए। यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बताइएको छ । दूतावासकाअनुसार विदेश मन्त्री जयशंकर विदेश मन्त्रीस्तरीय बैठकमा आउने कार्यक्रम रहेको छ तर मिति तय भएको छैन। विदेशमन्त्री स्तरीय बैठकमा राजनीति, सुरक्षा, दुई देशको सीमा, आर्थिक सहयोग, जलस्रोत, दुई देशको शिक्षा, सँस्कृति लगायतको विषमया छलफल हुने बताइएको छ।

    नेपालमा संविधान सभाबाट संविधान जारी गर्ने क्रममा त्यसलाई रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुतका रुपमा नेपाल आएका जयशंकर यताबाट फर्के लगत्तै भारतले नेपालमाथि पाँच महिना लामो नाकाबन्दी गरेको थियो। जयशंकरलाई नाकाबन्दीको मूख्य योजनाकार मानिन्छ

    प्रतिक्रिया
    थप समाचार