Online Nepal सोमबार, जेष्ठ ७ २०८१

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा


मध्यान्तर
  • आइतबार, बैशाख ३ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

    नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

    टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् । नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

    टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

    प्रतिक्रिया
    थप समाचार