Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य


मध्यान्तर
  • मंगलबार, बैशाख ५ २०८०

  • काठमाडौँ । एसिसि प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
    किर्तिपुरस्थित त्रिवि किर्केट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ उत्रिउको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३५ रन बनायो।

    मलेहियाका कप्तान अहमेद फैजले ७६ रन बनाए । फैजले ९५ बलमा ८ चौका र एक छक्का प्रहार गरे , ओपनर विरन्दिप ंिसहले ४६ रन जोडे २२ १ अवस्थाबाट यी दुइले ११६ रनको साझेदारी गर्दै मलेशियाको इनिङ समालेका थिए ।

    यस्तै खिरज हायताले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए ।

    नेपालका सोमपाल कामिर सन्दीप लामिछानेले समान तिन विकेट लिए । ललित राजवंशिले दुई र गुल्सन झाले एक विकेट लिए ।

    यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् ।

    प्रतिक्रिया
    थप समाचार