Online Nepal सोमबार, जेष्ठ ७ २०८१

युएईद्वारा कुवेतलाई ३७२ रनको लक्ष्य

युएईद्वारा कुवेतलाई ३७२ रनको लक्ष्य


मध्यान्तर
  • बुधबार, बैशाख ६ २०८०

  • काठमाडौँ । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ ।

    किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

    त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक विकेट लिए ।

     

    प्रतिक्रिया
    थप समाचार