Online Nepal सोमबार, जेष्ठ ७ २०८१

ओमानलाई दियो नेपालले ३११ रनको लक्ष्य

ओमानलाई दियो नेपालले ३११ रनको लक्ष्य


मध्यान्तर
  • शुक्रबार, बैशाख ८ २०८०

  • काठमाडौँ । युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले कीर्तिपुरमै भएको पपुवा न्युगिनी ९पीएनजी० सँगको खेलमा २९७ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल हो ।

    कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।

    रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको नेपालले ७२ रनमा शीर्ष चार ब्याटरलाई गुमाएको थियो । ७२–४ को कठिन अवस्थामा कुशलले आरिफ शेखसँग ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

    किर्तीपुरस्थित टियु मैदानमा भइरहेको खेलमा छैटौँ नम्बरमा ब्याटीङ गरेका मल्लले ५९ बलमा शतक पुरा गरे उनले ९ चौका र ९ छक्का प्रहार गरे ।

    मल्ल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौँथो खेलाडि समेत बनेका छन् । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्।

     

     

     

    प्रतिक्रिया
    थप समाचार