Online Nepal सोमबार, जेष्ठ ७ २०८१

ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित

ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित


मध्यान्तर
  • शुक्रबार, बैशाख ८ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।

    नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार