Online Nepal सोमबार, जेष्ठ ७ २०८१

साउदीसँग अंक बाँडे पनि नेपाल सेमिफाइनलमा पुग्ने

साउदीसँग अंक बाँडे पनि नेपाल सेमिफाइनलमा पुग्ने


मध्यान्तर
  • सोमबार, बैशाख ११ २०८०

  • काडमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा साउदी अरवविरुद्धको खेल खराव मौसमले प्रभावित बनेको छ ।

    एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको हो ।

    मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२ : ३० बजेसम्न पनि टस हुन सकेन।

    खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए ‘ मा एक एक अंक बाँडेका छन्। एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ। समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ।

    नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ।

    नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।

    प्रतिक्रिया
    थप समाचार