Online Nepal शनिबार, बैशाख १५ २०८१

राउण्ड टेबल नेपालले देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

राउण्ड टेबल नेपालले देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने


मध्यान्तर
  • सोमबार, बैशाख ११ २०८०

  • काठमाडौं । राउण्ड टेबल नेपालले देशभरका सरकारी र सामुदायिक विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

    आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी गराएको हो ।

    ‘गरिबीको चक्र तोड्ने र सबैका लागि उज्याले भविष्य निर्माण गर्ने मुख्य कारक शिक्षा हो’ भन्ने मूल–मान्यताका साथ आफूहरुले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले बताए ।

    ‘हामी यो छात्रवृत्ति कार्यक्रम घोषणा गर्न पाउँदा गर्व गर्छौं । जसले नेपालभरका योग्य विद्यार्थीहरूलाई उनीहरूको शिक्षा जारी राख्न र सपनाहरू प्राप्त गर्न मद्दत गर्नेछ । हामी विश्वास गर्छौं कि शिक्षा मौलिक अधिकार हो, र हामी यसलाई सकेसम्म धेरै विद्यार्थीहरूको लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं,’–अध्यक्ष अग्रवालले भने ।

    राउण्ड टेवलको नेपालभरी साढे पाँच सय भन्दा बढि सदस्य रहेको पनि अध्यक्ष अग्रवालले बताए । संस्थाको ३० वर्ष लामो इतिहास रहेको पनि उनको भनाई छ । संस्थाले स्वास्थ्यको क्षेत्रमा पनि काम गरिरहेको भएपनि शिक्षालाई विशेष प्राथमिकता दिइरहेको उनले बताए ।

    ‘राउण्ड टेवलले नेपाले समाजमा शिक्षाको क्षेत्रमा छाप छोड्दै आएको छ । हामीले नेपालभरी ६१ वटा विद्यालयहरुमा विद्यायलयमा तीन सय असी भन्दाबढि कोठाहरु निर्माण गरेका छौं । गरिबका लागि काम गर्न विभिन्न परियोजनामार्फत स्वास्थ्य क्षेत्रमा पनि हाम्रो उपस्थिति रहेको छ । एजुकेटर चाइल्ड अर्को परियोजना हो, जसले छात्रवृत्ति प्रदान गर्ने काम गर्दछ । चार सय भन्दा बढि विद्यार्थीहरुलाई सेवा दिइरहेको छ,’–उनले भने ।

    कार्यक्रममार्फत आफूहरुले बालबालिकाको जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ । आफूहरु बालबालिकालाई उनीहरुको आर्थिक अवस्था र पृष्ठभूमिको वास्ता नगरी गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने कार्यमा प्रतिवद्ध रहेकोसमेत उनले बताए ।

    ‘कार्यक्रममार्फत देशभरमा एक हजार विपन्न वर्गका योग्य बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नेछौं । हामीलाई विश्वास छ यो कार्यक्रमले बालबालिका र उनीहरुको जीवनमा गहिरो प्रभाव पार्नेछ,’– अग्रवालले भने ।

    शिक्षामा लगानी गरेर राष्ट्रको भविष्य थप बलियो बनाउन चाहेको उनको भनाई छ । ‘हामी विश्वास गर्छौं कि, शिक्षामा लगानी गरेर हाम्रो राष्ट्रको लागि बलियो र थप समृद्ध भविष्य निर्माण गर्न मद्दत गर्न सक्छौं,’– उनले भने ।

    छात्रवृत्ति कार्यक्रम यही बैशाख १३ गते बुधबार देशभर र काठमाडौंको जुनकिरी पब्लिक स्कुल, साँखुको शंखरापुर–७ मा आयाजना हुने साहिल अग्रवालले बताए । उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर र अतिथिमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित रहने पनि उनले बताए ।

    ‘१३ गते बुधबार हामीले एजुकेटेड चाइल्डको शिलान्यास साँखुमा गर्दैछौं । हामीले नेपालभरिका एक हजार भन्दा बढि योग्य बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेका छौं । कार्यक्रमको प्रमख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगर आउनुहुन्छ । अतिथिमा साँखुका मेयर रमेश नापित रहनुहुन्छ,’– उनले भने ।

    साथै, विद्यार्थीहरुलाई कसरी पढाउँदा सजिलै सिक्छन् भनेर शिक्षकहरुलाईसमेत ट्रेनिङको व्यवस्थासमेत गरिएको उनले बताए । टिचर ट्रेनिङका लागि हावार्ड युनिभर्सिटीबाट प्रशिक्षकहरु आउनेसमेत उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार