Online Nepal सोमबार, जेष्ठ ७ २०८१

एसीसी प्रिमियर कप : नेपालले आज कतारसँग खेल्दै

एसीसी प्रिमियर कप : नेपालले आज कतारसँग खेल्दै


मध्यान्तर
  • बिहिबार, बैशाख १४ २०८०

  • फाइल तस्बिर

    काठमाडौं ।  एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ ।

    यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

    समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।

    आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो । नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।

    यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

     

    प्रतिक्रिया
    थप समाचार