Online Nepal सोमबार, जेष्ठ ७ २०८१

एसिसी प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश

एसिसी प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश


मध्यान्तर
  • शनिबार, बैशाख १६ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ  । एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनलमा प्रवेश गरेको छ।

    पटक–पटक वर्षा भएपछि खेल पूर्णरुपमा सम्पन्न हुन सकेन। नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो। त्यसपछि सुपर ओभरको खेल समेत हुन नसक्दा नेपाल फाइनल प्रवेश गरेको हो।

    खेलमा नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कुवेतलाई धरासायी बनाउन नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिइसकेका छन्। ४.३ ओभर बलिङ गरेका करणले १ मेडन फाल्दै १० रन दिएर ५ खेलाडी आउट गरे।

    कुवेतविरुद्ध गतिलो सुरुवात गरेको नेपालका लागि करण केसीले ५ विकेट लिँदा अर्को १ विकेट सोमपाल कामीको नाममा रह्यो। नेपाली फिल्डरहरुले गतिलो प्रदर्शन गर्दा लगातार विकेट लिन नेपाली टोली सफल रह्यो।

    पहिलो ओभरमानै करण केसीले ओपनर एडनन इद्रेसलाई शून्य रनमा आउट गर्दा अर्को ओभरमा सोमपाल कामीले प्रभिन्दर कुमारलाई १ रनमा आउट गरे।

    यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३।२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा टियू मैदानमा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। करिब २ घन्टा खेल रोकिएपछि पुन सुरु भएको थियो। जसका कारण ४२ ओभरमा घटाइएको खेलमा नेपालले कुवेतलाई २ सय ८२ रनको उच्च स्कोर प्रस्तुत गरेको थियो। कप्तान रोहित पौडेलको ९४ रनको सानदार इनिङ खेलेपछि नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रनको स्कोर खडा गरेको हो।

    नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ९४ रन बनाउने क्रममा ९५ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै, कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाएका थिए। पौडेल र मल्लले चौंथो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए।

    त्यस्तै, ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदा आसिफ शेखले २८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३१ रन बनाएका थिए। त्यस्तै, आरिफ शेख १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे।

    खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३।२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा टियू मैदानमा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। ४२ ओभरमा घटाएर खेल पुनः सुरु भएको थियो।

     

     

    प्रतिक्रिया
    थप समाचार