Online Nepal सोमबार, जेष्ठ ७ २०८१

एसीसी प्रिमियर कप फाइनल : आज खेल हुन नसके भोलि ९ विकेटबाटै सुरु हुने

एसीसी प्रिमियर कप फाइनल : आज खेल हुन नसके भोलि ९ विकेटबाटै सुरु हुने


मध्यान्तर
  • सोमबार, बैशाख १८ २०८०

  • काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा  स्थिति छैन । नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ ।

    आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ ।

    धेरै समर्थकहरुको चासो छ, भोलि फेरि खेल हुँदा आज नेपालले लिएका ९ विकेट के हुन्छन् ?

    क्यानका प्रवक्ताले अहिलेको नियम अनुसार आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुने बताए ।

    ‘आज खेल जुन स्थितिमा छ, त्यहीँबाट सुचारु हुन्छ ।

    अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुने छ र यूएईको अन्तिम जोडी कात्र्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । बलिङको सुरुवात ललित राजवंशीले नै गर्ने छन्, जसले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि ललितले लगातार बलमा दुई विकेट लिएका थिए । त्यसैले उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दा यूएईलाई अलआउट गर्ने अवसर हुने छ ।

    उदाहरणका लागि २० ओभरका बलिङ हटाइयो भने नेपाललाई ३० ओभरमा यूएईले खडा गरेको भन्दा थोरै स्कोर पछ्याउन लगाउने छन् तेस्रो विकल्प भनेको सुपरओभरबाट पनि निर्णय हुन सक्छ । क्यानले यदि खेल अनिर्णयत भएमा दुईवटा सुपरओभर हुन सक्ने जनाएको छ ।

    भोलि पनि वर्षाले खेल विथोलेमा अम्पायरहरुले डीएल मेथडका आधारमा ओभर छोट्याएर नेपाललाई नयाँ टार्गेट दिन सक्छन् । त्यो पनि सम्भव नभए सुपरओभरबाट फैसला हुन्छ ।  यदि त्यो पनि सम्भव नभएमा नेपाल स्वत विश्व एकदिवसीय वरियताका आधारमा एसिया कपका लागि छनोट हुन्छ ।

    प्रतिक्रिया
    थप समाचार