Online Nepal शनिबार, बैशाख १५ २०८१

तीन लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको हिमालयनले एकीकृत कारोबार थाल्यो

तीन लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको हिमालयनले एकीकृत कारोबार थाल्यो


मध्यान्तर
  • बुधबार, बैशाख २७ २०८०

  • काठमाडौँ । तीनवटा लाइफ इन्स्योरेन्स कम्पनी मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संयुक्त कारोबार थालेको छ।

    नियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भइ बनेको हिमालयनले मंगलबारदेखि एकीकृत कारोबार थालनी गरेको हो। बीमा प्राधिकरणले वैशाख १३ गते बराबरी हैसियतमा गाभिन स्वीकृत दिएको थियो।

    यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि बैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाइफ इन्स्योरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेको थियो।

    गुराँस लाइफ इन्स्योरेको हाल चुक्ता पूँजी २ अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ रहेको छ । यूनियन लाइफको २ अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अब मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार