Online Nepal शुक्रबार, बैशाख १४ २०८१

विश्वकप क्रिकेट छनोट-खेल तालिका सार्वजनिक,नेपालको पहिलो खेल जिम्बावेसँग

विश्वकप क्रिकेट छनोट-खेल तालिका सार्वजनिक,नेपालको पहिलो खेल जिम्बावेसँग


मध्यान्तर
  • मंगलबार, जेष्ठ ९ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । यहि वर्षको जुन जुलाइमा जिम्बावेमा हुने विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने भएको छ ।

    आइसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आगामी ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

    ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

    नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ ।

    प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ ।

    नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ ।

    प्रतिक्रिया
    थप समाचार