Online Nepal आइतबार, बैशाख १६ २०८१

जापानमा एक कम्पनीमा आक्रमणः २३ को मृत्यु , ३६ गम्भिर घाइते

जापानमा एक कम्पनीमा आक्रमणः २३ को मृत्यु , ३६ गम्भिर घाइते


मध्यान्तर
  • बिहिबार, साउन २ २०७६

  • KYOTO, JAPAN - JULY 18: (CHINA OUT, SOUTH KOREA OUT) In this aerial image, fire breaks out at a studio of Kyoto Animation Co. on July 18, 2019 in Kyoto, Japan. Police suspect an arsonist set a fire that engulfed a three-story animation studio, leaving at least one person dead and dozens injured, officials said. Police detained a 41-year-old man who is believed to have spread a flammable liquid in the area of the studio operated by Kyoto Animation Co. The man himself was injured in the incident and taken to a hospital. Among the 35 people injured in the fire, 10 were listed in serious condition, according to the Kyoto fire department. (Photo by The Asahi Shimbun via Getty Images)

    काठमाडौं । जापानको क्योटो शहरमा रहेको एक एनिमेशन स्टुडियोमा आगलागी हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । आक्रमणकारीले एनिमेशन स्टुडियोमा आगलागी गराउँदा कम्तिमा ३६ जना घाइते भएका छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्ति बिहीबार बिहान एनिमेशन स्टुडियोमा प्रवेश गरेर एक प्रकारको तरल पदार्थ छरेका थिए । स्थानीय समय अनुसार बिहीबार बिहान साढे १० बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । अझै ३० जनाको सम्पर्क बिहीन रहेको सामाचार संस्था एनएचकेले उल्लेख गरेको छ । आरोपित आक्रमणकारी व्यक्ति पक्राउ परेका छन् र उनी घाइते रहेकाले अस्पताल लगिएको छ ।

    हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । आगो नियन्त्रणका लागि ४८ वटा वारुणयन्त्र तैनाथ भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार