Online Nepal आइतबार, बैशाख १६ २०८१

दक्षिण कोरियामा बाढीमा परि ३३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढीमा परि ३३ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, असार ३१ २०८०

  • काठमाडौं । दक्षिण कोरियामा बाढीबाट कम्तीमा पनि ३३ जनाले ज्यान गुमाएका छन्। बाढीमा परेर १० जना बेपत्ता छन्।

    बाढीका कारण चुङ्गचेओङ्ग प्रान्तमा एक सुरुङभित्र पानी पसेर भरिएको छ। त्यसका कारण कम्तीमा १९ जना मानिस फसेका छन्।

    उद्धारकर्मीहरुले सुरुङमा फसेका मानिससम्म पुग्ने कोसिस जारी राखेका छन्।

    सबैभन्दा धेरै क्षति पहाडी क्षेत्रस्थित ग्योङ्गसाङ्गमा भएको छ। जहाँ कयौँ घरहरु पहिरोका कारण क्षतिग्रस्त भएका छन्।

    स्थानीय समाचारअनुसार शनिबार देशभरमा करिब ३०० मिलिमटर पानी परेको छ।

    कोरियाली मौसम विज्ञानका अनुसार देशमा आमरुपमा बर्षेनि १ हजार मिलिमिटरदेखि १८ सय मिलिमिटरसम्म पानी पर्ने गरेको छ। यहाँ धेरै बर्षात् गर्मी मौसममा हुने गर्छ।

    बाढी प्रभावित क्षेत्रबाट सार्वजनिक तस्बिरमा घरहरु पूरै डुबेको देखिएको छ। कयौँ स्थानमा बाढीका कारण रेल पनि ट्रयाकबाट उतारिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार