Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी दिने, यस्ता छन उनका योजनाहरु

एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी दिने, यस्ता छन उनका योजनाहरु


मध्यान्तर
  • आइतबार, भाद्र १७ २०८०

  • काठमाडौं । गैह्र आबासीय नेपाली संघसंग लामो समयदेखी आबद्द रहंदै आएका एक जुझारू सामाजिक अभियन्ता हुन धर्मराज अधिकारी । संघको दुख सुखसंग हातेमालो गर्दै सामाजिक अभियानलाई निरन्तरता दिंदै अगाडि बढेका अधिकारी हाल गैह्र आबासीय नेपाली संघको उपाध्यक्ष हुन । यो पदमा रहंदा उनले संघ, नेपाल र प्रबासी नेपालीहरूका लागि दिएको साथको राम्रै प्रशंसा पाउंने गरेको छ । प्रबासमा संघको कार्यक्रम मार्फत उनले नेपालको गरिमा र उपस्थिति शानका साथ उभ्याएका छन ।

    सधै शालिन, भद्र र केही गर्ने सोच अनि योजना बोकेर हिड्ने उनलाई एक पटक फेरि गैह्र आबासीय नेपाली संघको उपाध्यक्ष पदमा देख्न पाईने भएको छ -‘ म पदको दौडमा होइन , देश बाहिर प्रबासमा रहनु हु्ने लाखौं नेपालीहरूको साथ र सल्लाहलाई लिएर अगाडि बढ्ने सोचको मान्छे हो । साथी भाई अनि अग्रज सामाजिक अभियन्ताहरूको सल्लाह र सुझाबलाई ध्यानमा राखेर यो पदमा फेरि आउंने तयारी गरेको हुं -‘ अधिकारीले भने ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारीले पुन उम्मेदवारी दिने बताएका छन ।
लामो समयदेखी अष्ट्रेलियामा बसोबास गर्दै आएका अधिकारीले अक्टोबरमा हुने महाधिबेशनका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा शुरुदेखि नै सक्रिय रहेका व्यक्ति हुन । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन ।

    प्रतिक्रिया
    थप समाचार