Online Nepal आइतबार, बैशाख १६ २०८१

मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु

मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, भाद्र २३ २०८०

  • काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

    भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

    भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार